ट्युनिस– ट्युनिसियामा विरोध प्रदर्शनका क्रममा भएको झडपमा परी २ सय जना पक्राउ परेका छन् भने दर्जनौँ घाइते भएका छन्।
देशभरका विभिन्न ठाँउमा भएका प्रदर्शनहरूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको गृह मन्त्रालयले बुधबार जानकारी दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता खालिफा चिबानीका अनुसार झडपका क्रममा ४९ जना प्रहरी अधिकारी घाइते भएका छन् भने देशभरबाट २०६ जना आन्दोलनकारी पक्राउ परेका छन्।
उनले ठूलो मात्रामा स्रोतसाधनको क्षति भएको पनि बताए। युवा प्रदर्शनकारीहरूले मंगलबार बेलुका पसलहरूमा ढुंगा प्रहार गरेको र उनीहरूलाई तितरवितर पार्न प्रहरीले केही राउण्ड टियर ग्याससमेत प्रहार गरेको प्रहरी प्रवक्ता चिबानीले जानकारी दिए।
प्रदर्शनका क्रममा आन्दोलनकारीहरू झनभन्दा झन् आक्रोशित र कठोर हुँदै गएको पाइएको विभिन्न सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा गत सन् २०११ देखि अपेक्षाकृत तरिकाले लोकतान्त्रिक रूपान्तरण भइरहेको छ। तर आर्थिक रूपान्तरण भने पर्याप्त हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त भइरहेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।