म्याड्रिड- स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको अन्तिम १६ को दोस्रो खेलमा रियल म्याड्रिड बराबरीमा रोकिएको छ।
बुधबार राति भएको खेलमा रियललाई दोस्रो डिभिजनको क्लब नुमान्सियाले २-२ गोलको बरारबीमा रोकेको हो। बराबरीका बावजुद रियल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा ३-० गोलको जित निकालेको रियल समग्रमा ५-३ गोलको नजिता निकाल्दै अन्तिमा आठमा पुगेको हो।
घरेलु मैदानमा भएको खेलमा लुकास भाज्कुले दशौं हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए। पहिलो हाफको अन्तिम मिनेटमा फर्नान्डेज हेरोले काउन्टर आक्रमणमा बराबरी गोल फर्काए। ५९ मिनेटमा भाज्कुले रियललाई दोस्रोपटक अग्रता दिलाए। ८२ मिनेटमा हेरोले हेडमार्फत गोल गरेपछि नुमान्सियाले खेललाई दोस्रो पटक बराबरी गर्न सफल भयो।
प्रतियोगिताको अन्य खेलमा अलभेसले फोर्मेटेनालाई ५-१ र लेगनेसले भिल्लारियललाई अवे गोलमा पछि पार्दै अन्तिमा आठमा स्थान बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।