नयाँ दिल्ली– भारत र आयरल्यान्डबीच टी–२० सिरिज हुने भएको छ। आगामी जुनमा भारतले आयरल्यान्डसँग २ खेलको टी–२० सिरिज खेल्ने भारतीय क्रिकेट नियन्त्रण बोर्डले जनाएको छ।
इंग्ल्यान्ड भ्रमणमा जाने भारतले डब्लिनमा जुन २७ र २९ मा टी–२० खेल खेल्न तय भएको हो। भारतले सन् २००७ पछि आयरल्यान्ड भ्रमण गर्न लागेको हो।
भारत र आयरल्यान्डबीच अहिलेसम्म एक पटक मात्र प्रतिस्पर्धा भएको छ। सन् २००९ को टी–२० विश्वकपमा भारतले आयरल्यान्डलाई ८ विकेटले हराएको थियो।
भारतले आयरल्यानडसँग खेलेपछि भारतले इंग्ल्यान्डसँग पनि टी–२० सिरिज खेल्ने छ।
गत वर्ष टेस्ट मान्यतापछि पनि आयरल्यान्डले अहिले अरु देशसँग सिरिज खेल्नका लागि मिति तय गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।