जलालाबाद- आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको सुरक्षा कारबाहीमा दस जना तालिबान लडाकु मारिएका छन् ।
पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतंककारीको अखडालाई लक्ष्य गरेर गरिएको कारबाहीका क्रममा कम्तीमा दस जना तालिबान लडाकु मारिएका प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। गत २४ घन्टाभित्र चलाइएको कारबाहीमा ती लडाकु मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ।
यसै महिनाको सुरुबाट नान्गाहार प्रान्तको खोगीआनी जिल्लामा आतंककारी विरुद्धको सुरक्षा कारबाही हालसम्म पनि जारी रहेको बताइएको छ।
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको सिरिन तगाब जिल्लामा सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा ६ आतंककारी मारिएका छन्।
सुरक्षाबलले तालिवान आतंककारी समूह लुकेर बसेको अखडालाई लक्षित हवाई कारबाही गरेको थियो। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।