काठमाडौं– निखिल उप्रेतीले डेब्यू गरेको 'पिंजडा' को सिक्वल ‘पिंजडा ब्याक अगेन’ले नेपालपछि जापानका लागि पनि प्रदर्शन मिति तय गरेको छ।
माघ ४ बाट नेपालभर रिलिजको तयारीमा रहेको फिल्मले जापानमा पनि विशेष शोको आयोजना गरेको हो। जनवरी २८ तारिखमा जापानमा एक विशेष शो मार्फत प्रदर्शन गरिने फिल्म युनिटले जनाएको छ।
जापानको विशेष शो मा निर्देशक हिमाल केसीसँगै निखिल र अभिनेत्री सञ्चिता लुइँटेल उपस्थित हुने भएका छन्। तीनै जनाले मंगलबार मात्रै जापानको भीसा पाएका छन्।
पारिवारिक कथावस्तु र एक्सन प्याक 'पिंजडा ब्याक अगेन' २८ जनवरीको विशेष शो पछि जापानका अन्य शहरहरुमा पनि देखाइने निर्देशक केसीले बताए। जापानमा फिल्म प्रदर्शन गर्ने अधिकार क्लासिक युथ जापानले लिएको छ।
फिल्ममा निखिल, सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदीप दाहाल, कुशाग्र भट्टराईसँगै दिवंगत कलाकार विना थापाको अभिनय रहेको छ।
चर्चित संगीतकार राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत रहेको फिल्म मौनता श्रेष्ठले लेखेका हुन् भने सौरभ लामाले छायांकन गरेको हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।