• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

मलेसियाको गुड-इयर कम्पनीमा नेपालीलाई सास्ती, करार अवधि अगावै निष्कासन

पीडित भन्छन्– बिरामी हुँदा पनि बिदा पाइँदैन
64x64
नेपाल लाइभ सोमबार, असार ३०, २०७६  १४:२७
1140x725

काठमाडौं– कैलाली धनगढीका रमेशसिंह भण्डारी २०१७ जुलाई १७ मा मलेसिया उडे। गुड-इयर कम्पनीमा अपरेटर कामका लागि गएका उनको करार अवधि २०२० जुलाईमा मात्रै सकिन्थ्यो। तर उनलाई ३० जुन २०१९ मा नेपाल फर्काइएको छ।  

‘त्यस्तो ठूलो गल्ती केही पनि गरेको थिएन,' उनले भने, 'तर, करार अवधि अगावै कम्पनीले निष्काशन गरिदियो।’

बिएम म्यानपावर ओभर्सिस प्रालिमार्फत उनी मलेसिया गएका थिए।

‘बिरामी हुँदा पनि बिदामा बस्न पाइँदैन थियो। बिदा बस्दा पनि कम्पनीले तलबबाटै पैसा काटिदिन्थ्यो,' उनले दुखेसो पोखे। 

अन्य कामदारले पनि गुड-इयर कम्पनीले बिरामी बिदा नदिने र करार अवधि अगावै फर्काइदिने गरेको बताएका छन्।

किन निकालिए रमेश?
रमेश अपरेटरको काम गर्थे। एकदिन उनी कम्पनीमा ढिला पुगेका थिए। कम्पनीमा पुगिसकेपछि हरेक कामदारले पन्चिङ (इन्ट्री) गर्नुपर्छ। ढिला पुगेकाले उनले गर्नुपर्ने पन्चिङ साथीले गरिदिएका थिए। 

सोही कारण कम्पनीले आफू र पन्चिङ गर्ने दुवै साथीलाई करार अवधि अगावै निकालेको रमेश बताउँछन्।

‘म एकैछिन ढिला पुगेको थिएँ, पहिलो पटकको गल्ती त्यही थियो,' उनले भने, 'सामान्य गल्तीमा माफी माग्दासमेत कम्पनीले सिधै कामबाट निकालिदियो।' 

Ncell 2
Ncell 2
nimb
nimb

कम्पनीले भने आफूखुसी काम छाडेको भनेर लिखित निवेदन बनाई हस्ताक्षर गर्न लगाएको पीडितहरु बताउँछन्। ‘कम्पनीले थर्काएर जबजस्ती आफूखुसी कम्पनीको काम छाडेको भन्दै हस्ताक्षर गर्न लगायो, मैले पनि हस्ताक्षर गरेर नेपाल आएँ,’ रमेश सुनाउँछन्। 

धनगढीका गणेश अधिकारी पनि बिएम म्यानपावरमार्फत नै प्रोडक्सन अपरेटर भनेर मलेसिया पुगेका थिए। दैनिक ८ घन्टा र हप्तामा ६ दिनको न्यूनतम तलब १ हजार रिंगिट उल्लेख गरिएको थियो। 

खानबस्न सबै व्यबस्था कम्पनीले गर्ने करारनामा पत्रमा उल्लेख छ। तर उनीहरुले कम्पनीले बस्न दिए पनि खाना भने आफैं व्यवस्था गर्नुपर्थ्यो।   

‘६ जना बस्ने मिल्ने कोठमा १२ जना राखिएको छ, बस्ने ठाउँ पनि अव्यवस्थित छ’ गणेशले भने। ५ वर्षसम्म सोही कम्पनीमा काम गरे पनि उनको तलब १ हजार रिंगिटबाट कहिल्यै बढेन। गुड-इयर कम्पनीमा काम गर्ने धेरै कामदारको समस्या उस्तै रहेको उनी बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘कम्पनी सुरुमा ठिकठिकै थियो, विस्तारै कामदारहरुलाई सानो गल्तीमा पनि निष्काशन गर्ने, कारबाही गर्ने गर्न थाल्यो,' उनी भन्छन्, 'जति काम गर्दै गयो सेवासुविधा बढ्दै जानुपर्नेमा कटौती गर्दै लगियो।’

धनगढीका रमेशलाई कम्पनीले कामबाट निष्काशन गरेपछि उनीसँगै कार्यरत महेन्द्र नगरका प्रकाश धामीलाई पनि सो कम्पनीमा काम गर्न मन लागेन। बिएम म्यानपावरबाटै उनी पनि दुई वर्षअघि गुड-इयर कम्पनीमै गएक थिए। उनी पनि करार अवधि अगावै रमेशसँगै नेपाल फर्किएका छन्। 

‘सानो गल्ती हुँदा पनि कामबाट निकाल्छ। खानबस्न केही सुविधा राम्रो छैन,' प्रकाशले गुनासो गरे, 'तलब पनि नबढाउने भएपछि दिक्क लाग्यो। आमा बिरामी हुनुहुन्छ भन्ने बहाना बनाएर नेपाल फर्किएँ।’

श्रम अदालतमा मुद्दा
पछिल्लो समय कम्पनीका मालिकले कामदारलाई हेप्ने तथा सेवासुविधा कटौती गर्ने, बिरामी हुँदासमेत बिदा उपलब्ध गराउन आनाकानी गर्ने गरेको पीडितहरु बताउँन्। यस्तै समस्या भोग्नुपरेपछि कम्पनीलाई कारबाहीको माग गर्दै त्यहाँ कार्यरत कामदारले अन्तर्राष्ट्रिय श्रम अदालतमा मुद्दा दिएको बताएका छन्। उनीहरुले श्रमिक युनियन मलेसियामा समेत कम्पनीविरुद्ध उजुरी दिएका छन्। 

गुड-इयर कम्पनीबाट पीडित १ सय ५० भन्दा बढी नेपालीको हस्ताक्षरसहित मलेसियास्थित नेपाली दूतावासमा पनि पत्र बुझाइसकेको उनीहरुले बताए। ‘दूतावासबाट भने अपेक्षा अनुसारको सहयोग पाएनौं,' पीडितहरु भन्छन्, 'सो कम्पनीमा कार्यरत कामदार धेरै समस्यामा छन्। क्षतिपूर्ति पाए सबै कामदार नेपाल आउन चाहन्छन्।’

सन् २०१६ देखि कम्पनीले कर्मचारीहरुलाई तलब लगायत सेवासुविधा दिन आनाकानी गर्दै आएको छ। गुड-इयर कम्पनी र श्रमिकबीच करारनामा पत्रमा मासिक (हप्तामा १ दिन बिदा) १ हजार मलेसियन रिंगिट तलब पाउने उल्लेख छ। तर कामदारले मासिक १ हजार रिंगिट तलब पाउन ३० दिन लगातार काममा खट्नुपर्छ। 

आफ्ना समस्याबारे आफू गएको म्यानपावर कम्पनीमा जानकारी गराउँदा समेत बेवास्ता गरेको पीडितको भनाइ छ।

नेपाल लाइभले बिएम म्यानपावर ओभर्सिस प्रालिमा सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा म्यानपावर सम्पर्कमा आएको छैन। 

वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईले भने मलेसियास्थित नेपाली दूतावासमार्फत गुड-इयर कम्पनीमा नेपाली कामदारको अवस्थाका बारेमा बुझ्ने र नेपाली कामदार समस्यामा भएको पाइएमा बाँकी प्रक्रिया अगाडि बढाइने बताएका छन्। ‘नेपाली कामदारले करारनामामा भएको सम्झौता अनुसार सेवासुविधा र तलब नपाएको भए अनुगमनका लागि दूतावाससँग पहल गर्छौं,' उनले भने, 'कम्पनीले दुःख नै दिएको पाइए दूतावासमार्फत सहजीकरणका लागि समन्वयको प्रक्रिया अगाडि बढ्छ।’

यसो गर्दा पनि कम्पनीले कामदारको हितमा काम नगरे सो कम्पनीमा कामदार पठाउन रोक लगाउनुपर्ने अवस्था आउन सक्ने निर्देशक गुरागाईको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्