काठमाडौं– पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
बुधबार पाकिस्तानमा भएको खेलमा नेपाललाई बंगलादेशले ४ विकेटले पराजित गरेको हो। नेपालले दिएको २ सय ३५ रनको लक्ष्य बंगलादेशले ३३.३ ओभरमा ६ विकेटको क्षतिमा पार गर्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३४ रन जोडेको थियो। नेपालका लागि कप्तान किर्तन दुवालले अर्धशतक प्रहार गरे। दुवालले ६६ रनको योगदान गरे। यस्तै खिमानन्द गैरेले पनि ३४ रनको योगदान दिए।
यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाललाई आयोजक पाकिस्तानले ९ विकेटले पराजित गरेको थियो।
नेपाल अब बाँकी खेलका लागि युएई प्रस्थान गर्ने छ। नेपालले २९ पुसमा श्रीलंकासँग, ३० पुसमा मा भारतसँग र १ माघमा अस्ट्रेलियासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।