काठमाडौं– गायक शिव परियारको स्वरमा रहेको ‘आँसुको अर्थ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक परियारले आफ्नै युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेका हुन्।
यसअघि सो गीतको अडियो सार्वजनिक भइसकेको थियो। अडियोको सफलतासँगै शिवले गीतको भिडियो ल्याएका हुन्।
भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय छ। रवि अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।