काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित गरेको छ। अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर राखी जारी बैठक केही दिनका लागि स्थगित गरेको कांग्रेसले जानकारी दिएको छ।
यसका साथै कांग्रेसले उद्धार र राहतको कार्यमा समर्पित हुने निर्णय गरेको छ।
यसअघि नेता कृष्णप्रसाद सिटौलाले बैठक स्थगित गरी राहत तथा उद्धारमा खटिनका पार्टी परिचालित गर्नुपर्ने धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।