ह्युस्टन– तीव्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी सहरहरूमा हजारौं प्रभावित भएका छन्।
शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको अधिकारीहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रिय आँधी पूर्वसूचना केन्द्रका अनुसार आँधीपछि वर्षा भएकाले अरु धेरै क्षति भएको र थप खतरा रहेको अनुमान गरिएको छ।
सामुद्रिक तटीय क्षेत्रबाट आएको आँधीले अमेरिकाका पूर्वी आवासीय क्षेत्रमा सबैभन्दा बढी नोक्सान गरेको छ।
स्वयंसेवक तथा उद्धारकर्ताहरूले प्रभावितहरूलाई सुरक्षित गराउने र उद्धार गर्नेक्रम भने चलिरहेको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।