काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सत्य र निष्ठापूर्वक काम गरिरहेको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले सत्य र निष्ठापूर्वक अघि बढ्न युवाहरुलाई पनि आह्वान गरे।
आइतबार ललितपुरमा आयोजित नमूना युवा संसद बैठकको समापन गर्दै उनले सत्यसँग नडराउने नीति आफूले लिएको पनि दोहोर्याएका थिए।
'सत्ता र शक्ति अस्थायी भएकोमा आफू सचेत रहेको उल्लेख गर्दै देश विकासमा इमान्दार भएर लाग्ने प्रतिबद्धता गर्दछु,' उनले भने।
प्रधानमन्त्री ओलीले भोलीको संसदलाई कस्तो बनाउने भन्ने विषयमा सोच्न पनि युवाहरुलाई आग्रह गरेका थिए।
प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रले युवाहरुलाई देशलाई कसरी अघि बढाउने भन्ने विषयमा सोचेर अघि बढने अवसर दिएको पनि स्मरण गराए।
आफू युवा हुँदा देशका लागि काम गर्न खोज्दा हत्कडीको सामना गर्नू परेको उल्लेख गर्दै आजका युवालाई त्यस्तो कठिनाई नरहेको उनले स्मरण गरे।
प्रधानमन्त्री ओलीले इमान्दार भएर अघि बढदा मात्रै सफलता हात पर्नेतर्फ पनि युवालाई सचेत गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।