काठमाडौं– छविराज ओझा निर्देशित फिल्म 'मंगलम'को रिलिज मिति सरेपछि श्वेताको फिल्म 'कान्छी'ले सोलो रिलिजको अवसर पाएको छ। यसअघि ओझाको 'मंगलम' र श्वेताको 'कान्छी' फागुन ४ मा रिलिज हुने भनिएको थियो। ओझाले आफ्नो फिल्म फागुन २५ मा मात्र ल्याउने भएका हुन्। ओझाको निर्णयले 'कान्छी'लाई फाइदा पुग्ने देखिन्छ।
अनमोल केसी अभिनित अर्को प्रतीक्षित फिल्म ‘कृ’सँग प्रर्दशन मिति माघ २६ मा जुध्ने भएपछि श्वेताले ‘कान्छी’को प्रर्दशन मिति सारेर फागुन ४ मा पुर्याएकी थिइन्।
सोही मितिमा छवी ओझाले 'मंगलम' प्रर्दशन गर्ने पक्का गरेका थिए। मंगलमले यसअघि दशैंको छेको पारेर असोज ११ का लागि प्रर्दशनको तयारी गरेको थियो।
सोही मितिमा 'छक्का पञ्जा २' आउने पक्का भएपछि फिल्म डिस्ट्रिब्युटर्स कम्पनीले ओझालाई सोलो रिजिलको ग्यारेन्टी गर्ने भएपछि मंगलमको रिलिज डेट पछाडि सरेको थियो। फागुन २५ मा डिस्ट्रिब्युटर्सले मंगलमबाहेक अरु कुनै फिल्म नचलाउने सहमति गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।