काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा इङ्ल्यान्डविरुद्ध न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
टस जितेर न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ब्याटिङको निर्णय गरेका हुन्।
घरेलु मैदानमा प्रतियोगिताको आयोजना गरेको इङ्ल्यान्ड पहिलो पटक एकदिवसीय विश्व कप जित्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छ।
लगातार दोस्रो पटक विश्वनकपको फाइनलमा स्थान सुरक्षित गरेको भ्रमणकारी न्युजिल्यान्ड पनि घरेलु टोलीविरुद्धको खेलमा मैदान उत्रिँदा उपाधि जित्ने लक्ष्यमा हुनेछ।
वर्षाले १५ मिनेट ढिलो भएकाे खेल नेपाली समयअनुसार दिउँसो ३:३० मा सुरु भएको छ।
यो खेल जुन टिमले जिते पनि विश्वकप विजेताको इतिहासमा नयाँ नाम लेखिनेछ।
मे ३० मा सुरु भएर आइतबार ४४औं दिनमा ४८ खेलको लामो प्रतियोगिता क्लाइमेक्समा पुग्दा आगामी चार वर्षका लागि नयाँ विश्व च्याम्पियन छानिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।