फाइल तस्बिर
काठमाडौं- गृहमन्त्री राम बहादुर थापा बादलले बाढीले पुर्याएको क्षतिका सम्बन्धमा मानवीय कमजोरी भएको बताएका छन्।
संघीय संसद् अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा भाग लिँदै उनले बाढीको क्षतिमा पूर्वतयारी कमजोर हुँदा सरकारसमेत पनि दोषी रहेको उनले स्वीकार गरेका हुन्।
'बाढीद्वारा सिर्जित समस्या प्राकृतिक हो। तर यसको न्यूनीकरण गर्न सकिन्छ। तर हाम्रा निकायबीच समन्वय छैन,' उनले भने, 'चुरे नांगिएको छ। खोलामा घर बनेका छन्। खोलामा घर त बनाउनु भएन नि।'
विकास निर्माणका काम गर्दा सचेतना र पूर्वतयारी गर्ने उनले प्रतिबद्धता समेत जनाएका छन्।
यसैगरी उनले राहत तथा उद्धारका लागि हेलिकोप्टर समेत तयार राखिएको बताएका छन्। तर मौसम अनुकुल नुहुँदा र पर्याप्त हेलिकोप्टर नहुँदा केही ढिलाइ भएको समेत उल्लेख गरे। यसका साथै पर्याप्त उपकरण नभएका कारण पनि यसमा विलम्ब भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।