लन्डन- स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्वका भ्यालुएबल (मूल्य) भएका फुटबलरको सूचीको ४९औं स्थानमा परेका छन्। पछिल्लो अध्ययन अनुसार फिफा वर्ष खेलाडी रोनाल्डो इंग्लिस क्लबद्वय म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्टियल र म्यानचेस्टर सिटीका निकोलास ओटामेन्डी भन्दा पनि पछि छन्। ३२ वर्षीया रोनाल्डो भन्दा फेञ्च क्लब मोनाकोका फाबिन्हो भन्दा अघि छन्।
विश्वका सय भ्यालएल फुटबरको सूचीको शीर्ष स्थानमा फेञ्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार छन्। सूची इन्टरनेसनल सेन्टर फर स्पोट्र्स स्टडिजले सार्वजनिक गरेको हो।
सूचीमा दोस्रो स्थानमा बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसी छन्। तेस्रो स्थानमा इंग्लिस फरवार्ड ह्यारी केन छन्।
शीर्ष स्थानमा रहेका नेइमारको मूल्य २ सय १३ मिलियन युरो रहेको छ। मेसीको मूल्य २०२.२ मिलियन युरो र केनको मूल्य १९४.७ मिलियन युरो रहेको छ।
४८ खेलाडी भन्दा पछि परेका रोनाल्डो मूल्य ८०.४ मिलियन युरो रहेको छ। युरोपका शीर्ष पाँच लिगका खेलाडीको मूल्य निर्धारणको आधार उमेर, पोजिसन, सम्झौताको अवधि, प्रदर्शन र अन्तर्राष्ट्रिय छविलाई मानिएको जनाइएको छ।
रोनाल्डो पछाडि पर्नुको कारण उनको बढ्दै गरेको उमेर, ला लिगामा खस्कदो प्रदर्शन भनिएको छ। रोनाल्डोले सिजनमा ला लिगमा १३ खेल खेल्दा ४ गोल मात्र गर्न सेकेका छन्।
सय जनाको सूचीमा रोनाल्डो सबैभन्दा उमेर भएका खेलाडी हुन्। सूचीमा ३० वर्ष भन्दा बढी उमेरका रोमाका इडिन जेको र म्यानचेस्टर सिटीका डेभिड सिल्भा छन्।
सूचीमा बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेन ९६ मिलियन युरो मूल्यका साथ बढी मूल्य भएको गोलकिपर बनेका छन्। बढी मूल्य भएको डिफेन्डरमा पनि बार्सिलोनाकै स्यामुयल उम्टिटी १०१ मिलियन युरोका साथ अग्रस्थानमा छन्।
सूचीमा शीर्ष दश खेलाडी भित्र प्रिमियर लिगमा पाँच खेलाडी समावेश छन्।
लिग वानको शीर्ष स्थानमा नेइमार, ला लिगाको शीर्षमा मेसी, सिरि एको शीर्षमा पाब्लो डिबाला, बुन्डेस लिगाको शीर्ष स्थानमा रोबर्ट लेवान्डोवस्की र प्रिमियर लिगको शीर्ष स्थानमा ह्यारी केन छन्।
शीर्ष २० खेलाडीको सूची

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।