• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

क्रिकेटमा नयाँ विश्व च्याम्पियनको खोजी : इंग्ल्यान्डको दाबेदारीमा न्युजिल्यान्ड कति बलियो?

64x64
नेपाल लाइभ आइतबार, असार २९, २०७६  १३:०३
1140x725

काठमाडौं- लन्डनको ऐतिहासिक लर्डस् मैदानमा विश्वले आइतबार क्रिकेटको नयाँ च्याम्पियन पाउनेछ। यो न्युजिल्यान्ड र इंग्ल्यान्डमध्ये कोही पनि हुनसक्छ। यी दुवै टोली आइसिसी विश्वकप क्रिकेट २०१९ को उपाधिका लागि खेल्दैछन्।

न्युजिल्यान्ड ४ वर्षपछि फेरि फाइनलमा पुगेको हो भने इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको नजिक आइपुगेको छ। ४४ वर्षको इतिहासमा विश्वकप उचाल्ने उसको यो चोथो कोशिस हो।

यही डरका कारण फेरि एकपटक कोशिस असफल नहोस् भन्नेमा सचेत छ इंग्ल्यान्ड। किनकी यसअघिका ३ वटा प्रयासले हावा खाइसकेका छन्।

आइतबारको फाइनल खेल क्रिकेटको 'मक्का' मानिने लर्डस्‌को मैदानमा हुनेछ। सन् १९७९ मा माइक ब्रेयरलीको नेतृत्वमा यही मैदानमा पहिलोपल्ट फाइनल पुगेर इंग्लान्ड असफल भएको थियो। वेस्टइन्डिजले उसलाई ९२ रनले हराएर दोस्रो पटक विश्व च्याम्पयन बनेको थियो

इंग्ल्यान्डलई दोस्रो पटक विश्वकप जित्ने मौका १९८७ मा पनि मिलेको थियो। भारत र पाकिस्तानले संयुक्तरुपमा आयोजना गरेको खेलमा भारतलाई हराएर इग्ल्यान्ड फाइनलमा पुगेको थियो। तर, यसपटक पनि इंग्ल्यान्डको उपाधि जित्ने चाहनामा अष्ट्रेलिया बाधक बनिदियो। अष्ट्रेलिया ७ रनले विजयी भएको थियो।

इंग्ल्यान्ड तेस्रो पटक १९९२ मा पनि विश्वकपको फाइनलमा पुग्यो। तर, वर्तमान पाकिस्तानी प्रधानमन्त्री तथा पूर्व कप्तान इमरान खान नेतृत्वको पाकिस्तानी टिमले उसलाई वर्ल्डकप उचाल्नबाट रोक्यो।

यसपल्ट इंग्ल्यान्ड च्याम्पियन बन्ने कुरामा अनेक तर्क गरिएको छ। पहिलो तर्क यस्तो छ की इंग्ल्यान्ड आयोजक देश हो। यसअघि २०११ मा भारतले विश्वकप जित्दा उ पनि आयोजक थियो भने २०१५ मा अष्ट्रेलियाले पनि आयोजक भएरै विश्वकप देश बाहिर जान दिएको थिएन।

nimb
nimb
Ncell 2
Ncell 2

तर, तथ्य यो छ की घरेलु मैदानमा भएको सन् १९७९ को विश्वकपको शिर्ष २ मा पुगेर पनि इंग्ल्यान्ड विश्वकप हत्याउन असफल भएको थियो।

अब यो विश्वकपमा इंग्ल्यान्डको प्रदर्शन र उसको बलियो टिमको कुरा गरौं।

इंग्ल्यान्डले फाइनलमा पुगेको अर्को टिम न्युजिल्यान्डलाई लिग चरणमा ठूलो अन्तरले हराएको थियो। उक्त खेलमा इंग्ल्यान्डले ३ सय ५ रन बनाएको थियो। तर, न्युजिल्यान्ड १ सय ८६ रनमै समेटिएको थियो।

अब कुरा गरौं न्युजिल्यान्डको विश्वकप फाइनल यात्राको। न्युजिल्यान्ड बलियो टिम मानिने भए पनि उसले विश्वकप इतिहासमा फाइनल पुग्न ४० वर्ष कुर्नुपरेको थियो।

सन् २०१५ मा अष्ट्रेलियासँग संयुक्तरुपमा विश्वकप आयोजना गरेको न्युजिल्यान्ड पहिलो पटक फाइनल पुगेको थियो। पहिलो पटक उपाधि जित्ने होडमा रहेको न्युजिल्यान्डका लागि अर्को आयोजक राष्ट्र अष्ट्रेलिया बाधक बनेको थियो। लगातार दोस्रो पटक उपधिनजिक पुगेको न्युजिल्यान्डले यसपटक आफ्नो टोलीमाथि लाग्दै आएको 'अभागी'को ट्यागलाई उतार्ने लक्ष लिएको छ।

सन् २०१५ मा बलिङ, ब्याटिङ तथा फिल्डिङमा चुस्त रहेको न्युजिल्यान्डको टोलीको स्तर ४ वर्षपछि विश्वकप फाइनल पुग्दा पनि घटेको छैन, बरु सुधार भएको मान्छन् विश्लेषकहरु पनि।

के भन्छन् कप्तान?

यसअघि एक कदम पछि परेको उक्त अवस्था यसपटक पनि दोहोरियोस् भन्ने पक्षमा न्युजिल्यान्ड छैन। प्रि-म्याच कन्फ्रेन्समा बोल्दै न्युजिल्यान्डका कप्तान केन विलियम्सनले किवी टोली लर्डस् मैदानमा भिड्न तयार रहेको बताएका थिए। उनले आइतबारको खेलमा इंग्ल्यान्ड सबैको रोजाइमा परे पनि आफूहरु त्यसलाई चिर्दै एक कदम अघि बढ्ने उद्घोष गरेका थिए।

'यस खेललाई लिएर मान्छेले विभिन्न कुरा र आँकलनहरु गरिरहेका छन्। तर, आइतबारको अन्तिम समयसम्म यो एक खेल मात्र हुनेछ। जसका लागि हामी तयार छौं,' उनले भने।

उता इंग्ल्यान्डका कप्तान इयान मोर्गनले पनि युवा खेलाडीका लागि यो विश्वकप 'आइकोनिक' हुने भन्दै आफूहरु आफ्नै घरमा विश्वकप ट्रफी उठाउन तयार रहेको आत्मविश्वस जताएका थिए।

टिम सन्तुलनमा को बलियो?
प्रतियोगिता सुरु हुनुअघि यो विश्वकपमा भारत र इंग्ल्यान्ड सबैभन्दा ठूला दाबेदार मानिएका थिए। भारतीय टिम सेमिफाइनलमा न्युजिल्यान्डसँग सुरुवाती अवस्थामा सम्हालिन नसक्दा सेमिफाइनलबाटै बाहिरियो।

टिमका सुरुवाती खेलाडी जेसन रोय र जोनी वेरिस्टोले प्रतियोगितामा ९ सय २२ रन जोडिसकेका छन्। मध्यक्रममा जो रुटले ५ सय ४९, बेन स्टोक्सले ३ सय ८१ रन र कप्तान इयान मोर्गनले ३ सय ६२ रन बनाएका छन्।

उता उपाधिको दाबेदार न्युजिल्यान्ड ब्याटिङतर्फ भने केही कमजोर देखिन्छ। न्युजिल्यान्डको ब्याटिङ 'लाइनअप'मा नजर लगाउने हो भने कप्तान केन विलियम्सन र रोस टेलरलाई छाडेर कुनै पनि ब्याट्सम्यानले प्रतियोगिताभर ३ सय रनको आँकडा पार गर्न सकेका छैनन्। प्रारम्भिक र मध्यक्रमका अन्य ब्याट्सम्यान अन्य खेलमा जस्तै नचल्ने हो भने आइतबार न्युजिल्यान्डलाई घरेलु मैदानमा इंग्ल्यान्डलाई रोक्न मुश्किल पर्न सक्छ।

त्यसमाथि फाइनलमा न्युजिल्यान्ड कप्तान विलियम्सन र इंग्ल्यान्डका जो रुट एक विश्वकपमा सबैभन्दा बढी रन बनाउने किर्तिमान भंग गर्ने संघारमा छन्। सन् २००३ को विश्वकपमा 'मास्टर ब्लास्टर' सचिन तेन्दुलकरले बनाएको ६ सय ७३ रनको रेकर्ड तोड्न विलियम्सन र रुट क्रमशः १ सय २६ र १ सय २५ रन पछाडि छन्। यसकारण पनि फाइनलमा यी दुवैको प्रदर्शनमा सबैको नजर रहन्छ।

यसअघि उक्त रेकर्डको नजिक पुगेर पनि भारतका रोहित शर्मा (६ सय ४८ रन) र अष्ट्रेलियाका डेभिड वार्नर (६ सय ४७ रन) उक्त सफलता हात पार्न पछि परेका थिए।

बलरहरुमा इंग्ल्यान्डका जोफ्रा आर्चरले १९ विकेट, मार्क उडले १७ र क्रिस वोक्सले १३ विकेट लिइसकेका छन् भने स्पिनर आदिल रशिदको नाममा ११ विकेट दर्ता छ। इंग्ल्यान्डका शीर्ष ४ बलरले ६० विकेट लिइसकेका छन्। यसरी हेर्दा टिम इंग्ल्यान्डको सन्तुलन बलियो भन्न सकिन्छ।

तर, बलिङतर्फ भने न्युजिल्यान्डको प्रदर्शन पनि कमजोर छैन। उसका पनि सुरुवाती ४ बलरले ६० विकेट नै पतन गराइसकेका छन्। न्युजिल्यान्डका लोकी फर्गुसन(१९ विकेट), अष्ट्रेलियाविरुद्ध ह्याट्रिक लिएका ट्रेन्ट बोल्ट (१७ विकेट), म्याट हेनरी (१३ विकेट) र जेम्स निसम (१२ विकेट) न्युजिल्यान्डको बलिङका धारहरु हुन्।

भारत र स्वयम् न्युजिल्यान्डलाई समूह चरणमा र सेमिफाइनलमा बलियो अष्ट्रेलियामाथि शानदार जित हात पार्दै प्रतियोगितामा पुनरागमन गरेको इंग्ल्यान्ड र उपाधि दाबेदार भनेर राम्रो भनेर विश्लेषण गरिएको भारतीय टिमलाई परास्त गरेर फाइनलमा पुगेको न्युजिल्यान्डबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

लामो बाउन्ड्री रहेको यस मैदानमा मौसमका कारण पहिले ब्याटिङ गर्दा फाइदा पुग्ने खेल विश्लेषकहरुले अनुमान गरेका छन्। यसले गर्दा टस कसले जित्छ भन्नेमा पनि खेल निर्भर रहने बताइएको छ।

हालसम्म अष्ट्रेलियाले ७ पटक विश्वकप जित्दा भारत र वेस्टइन्डिज २/२ पटक यसको भागिदार भइसकेका छन्। श्रीलंका र पाकिस्तानले १/१ पटक विश्वकपको उपाधि घर भित्र्याएका छन्।

प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ
बाराको सिमराबाट एक बालिका बेपत्ता
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
बाराको सिमराबाट एक बालिका बेपत्ता मंगलबार, भदौ ९, २०८३
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्