म्यानचेस्टर- इंग्ल्यान्डको इएफएल फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रोमाञ्चक जित दर्ता गराएको छ। सर्जियो अग्युरोले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरेपछि सिटीले ब्रिस्टोल सिटीलाई २-१ गोलले पराजित गरेको हो।
खेलमा अग्रता भने ब्रिस्टोलले लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा बबी रेइडले पेनाल्टीमार्फत गोल गरेर बिस्टोललाई अग्रता दिलाए। जोन स्टोन्सले ब्रिस्टोलका खेलाडीलाई फल गरेपछि पेनाल्टीको अवसर दिइएको थियो।
५५ मिनेटमा सिटीका केभिन डे ब्रुइनले बरारबी गोल फर्काए। उनले रहिम स्टर्लिङसँग वान टु वान पास खेल्दै लोभलाग्दो गोल गरेका थिए।
७० मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अग्युरोले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरेपछि सिटीले रोमान्चक जित हात पारेको हो। उनले बेर्नान्ड सिल्भाको क्रसलाई सदुपयोग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।