धनगढी- रुपन्देही ११ सुदूरपश्चिम खप्तड गोल्डकपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ। रुपेन्देहीले भुटानको डुकस्टार क्लबलाई ३–२ ले पराजित अन्तिम आठमा प्रवेश गरेको हो।
पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देहीले दोश्रो हाफमा थप १ गोल गर्यो भने २ गोल खायो । रुपन्देही अमर डङगोलले २२ औँ र ३८ औ मिनेटमा गोल गरे भने मनिस थापाले ६९ मिनेटमा तेश्रो गोल गरे।
भुटानको डुकस्टार क्लवको तर्फबाट ५८ औँ मिनेटमा क्वीन्गा चव्गे र अतिरिक्त समयको दोश्रो मिनेटमा एसी दोर्जीले गोल गरे। भुटानले अन्तिम समयमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न परेको हो। गौतम श्रेष्ठले डिबक्स भित्र फल गरेपछि डुकस्टारले पेनाल्टी पाएको थियो तर पेनाल्टीमा केजङ वाङजीको प्रहारलाई रुपन्देहीका गोलकिपर सुजित गुरुङले बचाए। खेलका म्यान अफ द म्याच रुपन्देहीका अमर डङ्गोल भए।
पहिलो संस्करणमा पनि सहभागि भएको डुकस्टारले त्यस वेला वेष्ट काठामडौंलाई पहिलो खेलमा ४–१ ले हराएको थियो। दोस्रो खेलमा डिफेन्डिङ च्याम्पीयन मनाङ मस्याङ्दीसँग २–० ले पराजित भएको थियो । अघिल्लो संस्करणको भन्दा राम्रो टीम ल्याउँदा पनि खेलाडीहरुले यसपाली सोचे अनुसार खेल्न नसकेको डुकस्टारका प्रशिक्षक कोता नाम्भेले बताए।
रुपन्देही ११ का प्रशिक्षक दयाराम सापकोटोले टीमले सोचे अनुसारको खेल्न नसकेको वताउँदै अर्को खेलमा अझ सुधार गरेर खेल्ने बताए।
रुपन्देहीले अब ११ बाइ पाएर क्वाटरफाईनलमा पुगेको मनाङ मर्स्याङ्दी क्लबसंग पुस २८ गते भिड्ने छ। भोली सेमीफाइनल प्रवेशका लागी संकटा र एपिएफबीच प्रतिस्पर्धा हुनेछ।
फोटो: राजेश श्रेष्ठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।