काठमाडौं- अखिल नेपाल फुटबल संघ ललितपुर जिल्ला कार्यसमितिमा झम्सिखेल युथ सोसाइटीका पुरुषोत्तम थापामगर अध्यक्ष पदमा निर्वाचित भएका छन्। सर्वसम्मत नभएपछि मतदानमा पुरुषोत्तमले ६ मत र उनका प्रतिद्वन्दी महेन्द्र क्षेत्रीले ४ मत पाएका थिए।
साधारणसभाले उपाध्यक्षमा सहदेव ब्यन्जन्कार, बाबुकुष्ण महर्जन र परशुराम गुरुङलाई चुन्यो। सदस्यहरुमा निरज तुलाधर ,रवी महर्जन ,रविन महर्जन, प्रविण जङ्थापा र राजन पन्त निर्वाचित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।