काठमाडौं– पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। नेपाललाई पहिलो खेलमा आयोजक पाकिस्तानले ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालले दिएको २ सय ५९ रनको लक्ष्य पाकिस्तानले १ विकेट गुमाएर १९.१ ओभरमा पार गर्यो। अर्धशतक प्रहार गरेका बाडेर मुनिस रिटायर्ड हार्ट हुँदै आउट भएका थिए। अमिर अस्फाक र मोहिस खान नटआउट रहे।
पाकिस्तानको जिन्नाह रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ५ विकेट गुमाएर २ सय ५८ रन जोड्यो। नेपालका लागि रमेसबहादुर बानियाले सबैभन्दा बढी ५९ रन जोडे। यस्तै पदक बडैलाले ५० रनको योगदान दिए। बद्री चौलागाइले ४९, खिमानन्द गैरे ३० र भरत थापाले ११ रनको योगदान दिए।
नेपालको दोस्रो खेल बुधबार बंगलादेशसँग छ। त्यसपछि दुबइ प्रस्थान गर्ने नेपालले २९ पुसमा श्रीलंकासँग, १ मा भारतसँग र २ माघमा अस्ट्रेलियासँग खेल्नेछ।
तस्बिर : निरोज गिरि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।