पोखरा : सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने १६औँ आहारारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ।
यस वर्ष विजेता टोलीले रु सात लाख एक हजार र उपविजेताले रु तीन लाख ५१ हजार पाउनेछन्। गत वर्ष विजेताले रु पाँच लाख एक हजार र उपविजेताले रु दुई लाख ५१ हजार पाएका थिए। आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा १२ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष केशव थापाले जानकारी दिए।
प्रतियोगितामा भाग लिने टिममा मनाङ मस्र्याङ्दी, एपिएफ क्लब, संकटा क्लब, युनाइटेड सिक्किम फुटबल क्लब भारत, रमपम झापा ११, उत्तर वरिन्धारा क्लब बंगलादेश, त्रिभुवन आर्मी, नेपाल पुलिस, धरान फुटबल क्लब, सुदूरपश्चिम–११, थ्री स्टार र आयोजक सहारा क्लब छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।