• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एक खेलाडीको दु:खद कहानी : यसरी गुमाउनुपरेको थियो साग खेलकुद

64x64
नेपाल लाइभ मंगलबार, पुस २५, २०७४  १४:०७
1140x725

सन् २०१० मा बंगलादेशमा आयोजना भएको एघारौं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनको अघिल्लो दिन नेपाली खेलकुदका लागि कालो दिन हो। जुन दिन नेपाली जुडो टिमले लिफ्ट दुर्घटनामा परी ठूलो क्षति व्यहोर्नुपरेको थियो।

दुर्घटनामा नेपाली जुडो टिमका सबै खेलाडी परेका थिए। दुर्घटनामा स्वर्णको आशा गरिएका रमेश मगर पनि परे। दुर्घटनामा घाइते भएपछि मगर ६६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धामा उत्रन सकेनन्। जुन दिन उनको खेल थियो, त्यही दिन घुँडाको शल्यक्रिया गरिएको थियो। गलामा मेडल झुन्ड्याएर स्वदेश फर्कने लक्ष्य लिएका मगर बैशाखीको सहारामा विमानस्थलमा अवतरण गर्दा भावविह्वल बनेका थिए।

लिफ्ट दुर्घटनामा परेपछि रमेशले हिम्मत हारेनन्। दुर्घटनाको ८ महिनापछि उनी खेल जीवनमा फर्किए। दुर्घटनामा परेयता उनले आधा दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका छन्। गत वर्ष भारतमा भएको १२औं सागमा कास्य जितेर मगरले ढाका दुर्घटनाको पीडा भुलाए। ७ वर्षअघिकोे कहालीलाग्दो दुर्घटना र खेलमा फर्कन गरेको मिहिनेतबारे २९ वर्षे मगरले नेपाल लाइ‍भका सीताराम कोइरालासँग यसरी बताए:

सन् २०१० मा बंगलादेशमा सागका दौरान भएको लिफ्ट दुर्घटना मेरो खेल जीवनको कालो दिन हो। 

दुर्घटना पर्नुअघि दुई महिना भारतीय राष्ट्रिय टिमसँगै बसेर प्रशिक्षण लिएका थियौैं। भारतीय प्रतिद्वन्द्वीसँगै अभ्यासको अवसर पाएँ। अभ्यासका बेला उनलाई सजिलै हराएको थिएँ। दक्षिण एसियामा अब्बल भारतीय खेलाडीलाई अभ्यासमा हाराएकाले स्वर्ण जित्ने विश्वास पलाएको थियो। तर, प्रतिस्पर्धामा उत्रनु भन्दा एक दिनअघि लिफ्ट दुर्घटनामा परेँ।

हामी होटलबाट निस्कने क्रममा लिफ्ट दुर्घटनामा परेका थियौं । खसेको लिफ्टबाट निस्किएँ। सारासर हिँडेर कुर्सीमा बसें। अफिसियलहरुले तत्काल अस्पताल जान सुझाव दिइरहेका थिए। तर, मैले ‘गम्भीर घाइते भएका साथीलाई लैजानु, म ठीक छु’ भनें। त्यतिबेला मनमनै भगवानलाई धन्यवाद दिँदै भोलिपल्ट खेल्न सक्ने मनोबल बनाएको थिएँ। 

दुर्घटना हुँदा ठोक्किएकाले घुँडामा अलिअलि दुखिरहेको थियो । साथीहरुसँगै अस्पताल जान उठें। उठ्न खोज्दा घुँडाको दुखाइ बढ्दै गयो। एक्कासी ढलेँ। 

उता मेरा प्रतिस्पर्धी खेल खेलिरहेका थिए, यता मेरो अपरेसन भइरहेको थियो। नेपालबाट जानुभएका डा बुलन्द थापाले मेरो अपरेसन गर्नुभएको थियो। एक साता अस्पताल बसेपछि नेपाल फर्कियौं।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल फर्किंदाको पीडा अहिलेसम्म भुलेको छैन। गलामा स्वर्ण पदक झुन्ड्याएर फर्कने लक्ष्य लिएर उडेको थिएँ। तर, वैशाखी टेकेर फर्कंदा मन त्यसैत्यसै अमिलो भएको थियो।

काठमाडौं फर्के लगत्तै जोरपाटीको अर्थोपेडिक अस्पतालमा भर्ना भएँ। दुई महिना उपचार गरेपछि सामान्य हिँड्न सक्ने भएँ। फिजियोथेरापी र अभ्यास दिनरात गर्थें। 

लिफ्ट दुर्घटनामा परेको ८ महिनापछि मात्र प्रतिस्पर्धामा उत्रन सक्ने भएको हुँ। 

जीवनमा त्यो ८ महिना कहिले पनि बिर्सन सक्दिनँ। थेरापी गर्ने बेलामा प्रशिक्षण गर्न औधी मन लाग्थ्यो। तर के गर्नु, खुट्टा चलाउन सक्दिनँ थिएँ। बैशाखीको प्रयोग गरेर मन खिन्न बनाएर हिँड्नुपर्थ्यो। खेल्न नसक्के भए पनि आफू प्रशिक्षण गर्ने स्थानमा बैशाखी टेकेरै पुग्थेँ। घुँडालाई चोट नपर्ने गरी हात मात्र चलाएर भए पनि अभ्यास गर्थें। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिस्तारै घुँडा ठीक भयो। राष्ट्रिय छनोटमा उत्कृष्ट हुँदै पाकिस्तानको इस्लामावादमा सन् २०११ मा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा सहभागिता जनाएँ। दुर्घटनापछि सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो त्यो। जहाँ मैले टिम इभेन्ट्समा स्वर्ण पदक र व्यक्तिगत स्पर्धामा कास्य पदक जितें। 

जापानको ग्रान्डस्लाम र दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएँ। एसियन खेलमा ५ मिनेट म्याटमा टिकेर रेकर्ड बनाएँ। त्यो रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन। 

सन् २०१० मा बनाएको लक्ष्य २०१६ मा पूरा गर्ने अवसर थियो। तर, घुँडाले साथ दिएन । लिफ्ट दुर्घटनाको असर पाकिस्तानको प्रतिस्पर्धापछि देखियो। बेलाबेलामा घुँडा सर्ने समस्याले राम्रोसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन। 

दुर्घटनामै परेका बेला चिकित्सकहरुले खेल्न छाड्न सुझाव दिनुभएको थियो । तर, साग खेल्ने धोको पूरा गर्न मैले दिनरात मिहिनेत गर्न छाडिनँ। घुँडा जोगाई–जोगाई खेल्थेँ। दुर्घटनापछि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर पदक जित्न पाउँदा मनमा एक प्रकारको शान्ति मिल्थ्यो। जुडो खेल घुँडाको सपोर्टबिना खेल्न गाह्रो हुन्छ। आफ्नै जति तौल भएकालाई फाल्नुपर्ने हुन्छ। तर पनि अहिलेसम्म मिहिनेतले प्रतिस्पर्धा गरिरहेको छु। 

सन् २०१६ मा भारतको गुवाहटीमा भएको साग गेम्समा सहभागी भएर ढाका सागको पीडा भुल्ने कोसिस गरेँ। तर, कास्य पदकमै चित्त बुझाउन बाध्य हुनुपर्‍यो। सेमिफाइनलमा अफगानी प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दा मैले जितेको खेल पनि रेफ्रीले रद्द गरिदिए। फेरि भएको सेमिफाइनलमा पराजित भएँ । त्यसपछि बंगलादेशका खेलाडीलाई पराजित गरेर सागमा कास्य जित्न सफल भएँ। 

सन् २०१० को दुर्घटनाले अहिलेसम्म पनि दुःख दिइरहेको छ। फेरि घुँडाको अप्रेसन गर्दै छु । किनकि, सन् २०१९ मा नेपालमा हुने सागमा स्वर्ण जित्ने मेरो लक्ष्य छ। सुरुमा अपरेसन नगरी घुँडा बङ्ग्याएर भए पनि खेल्ने सोच बनाएको थिएँ। अपरेसन गरेपछि खेल राम्रो हुने सुझाव आएकाले फेरि घुँडाको अप्रेसन गर्न लागेको हुँ।

प्रकाशित मिति: मंगलबार, पुस २५, २०७४  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्