पोखरा- एनआइसी एसिया बैंकले तनहुँ र गोरखामा शाखा विस्तार गरेको छ।
बैंकले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी बजारमा र गोरखा सदरमुकाम गोरखा बजारमा शाखा सञ्चालनमा ल्याएको क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्माले जानकारी दिए।
गोरखा शाखाको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी र आँबुखैरेनी शाखाको आँबुखैरेनी गाउँपालिका अध्यक्ष गीरबहादुर थापाले उद्घाटन गरेका थिए।
बैंकले अब छिटै तनहुँको डुम्रे, कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत नाउँडाँडा र पर्वतको जलजला गाउँपालिका अन्तर्गत वारीबेनीमा शाखा बिस्तार गर्ने जनाएको छ। बैंकले यसअघि लमजुङको बेंसीशहरमा शाखा खोलेको थियो।
बैंकका देशभर १ सय ५९ वटा शाखा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।