काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि दुर्व्यवहार भएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औं सञ्चालक परिषद्को बैठकमा अतिथिको रुपमा पुगेका मन्त्री पण्डितमाथि नाराबाजी गरिएको थियो।
प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै संस्था बाहिरका व्यक्तिले दुर्व्यवहार गरेको प्रष्टाएको छ।
प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर रानाले विज्ञप्ति प्रकाशित गरी मन्त्री पण्डितमाथि कार्यक्रमकै दौरानमा भएको अभद्र व्यवहार अलोकतान्त्रिक र अवाञ्छित कार्य भएको उल्लेख गरेका छन्।
आदिवासी, जनजाति र सिमान्तकृतका पक्षमा मन्त्री पण्डितको अभिव्यक्ति आइसेकपछि भएको अभद्र व्यवहारप्रति प्रतिष्ठानले दुःख व्यक्त गरेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।