काठमाडौं- अवतरणका क्रममा रन-वे (धावनमार्ग) बाट चिप्लिएर दुर्घटना भएको यती एयरको जहाजालई सुरक्षित तरिकाले निकाल्न मौसम चुनौती भएको छ।
जहाज दुर्घटनालगत्तै २ बजेसम्मका लागि बन्द गरिएको विमानस्थल समय (नोटाम) को समय ५ बजेसम्मका लागि सारिए पनि उक्त समयमा जहाज झिक्ने काम नसकिएपछि ७ बजेसम्म सारिएको छ। उक्त समयसम्म पनि जहाज घाँसेमैदानबाट बाहिर ल्याउन चुनौती रहेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
नेपालगन्जबाट काठमाडौंका लागि उडेको यतीको नाइन एन एएमएम एटीआर जहाज रन-वेबाट चिप्लिएर घाँसेमैदान पुगेर धस्सिएको थियो। क्षेत्रीका अनुसार लगातारको वर्षाका कारण जहाज अझै धस्सिने क्रम बढेको छ। उनका अनुसार जहाज थोरे सारिएको छ।
जहाज दुर्घटनामा सवार ३ जना घाइते भएका थिए। जहाजमा ६८ जना यात्रु र ४ जना चालकदलका सदस्य थिए। त्यसमा दुई जना भने बच्चा थिए।
जहाजलाई आइपी पाइलट प्रमोद पौडेलले कमान्ड गरेका थिए। उक्त दुर्घटना बिहान ११:६ बजे भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।