केप टाउन– दक्षिण अफ्रिका विरुद्धको पहिलो टेस्टमा भारत ७२ रनले पराजित भयो। चौथो दिन २ सय ८ रनको लक्ष्य पछ्याएको भारत १ सय ३५ रनमै अलआउट भएको थियो।
त्यसअघि दक्षिण अफ्रिका पनि दोस्रो इनिङमा १ सय ३० रनमै आउट भएको थियो। खेलमा हार ब्यहोरेपनि भारतका विकेटकिपर ब्याट्सम्यान ऋद्धिमान साहले रेकर्ड बनाएका छन्।
उनी एकै टेस्टमा १० क्याच लिने पहिलो भारतीय विकेटकिपर बनेका छन्। यसअघि महेन्द्रसिंह धोनीले एकै टेस्टमा ९ क्याच लिएर कीर्तिमान बनाए। धोनीले सन् २०१४ मा अस्ट्रेलिया विरुद्धको मेलवर्न टेस्टमा एकै खेलमा ९ क्याच लिएका थिए।
केप टाउट टेस्टमा साहले दुवै इनिङमा ५–५ क्याच लिएका थिए। साह एकै टेस्टमा बढी क्याच लिने विश्वका तेस्रो खेलाडीको रेकर्डसँग पनि बराबरी गरेका छन्। एकै टेस्टमा १० क्याच चार खेलाडीले लिएका थिए। ३३ वर्षीया साहले भारतका लागि ३२ टेस्ट खेलेर अहिलेसम्म ७५ क्याच लिइसकेका छन्। जसमध्ये उनले १० पटक स्टम्टपिन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।