काठमाडौं- एसिया हकी फेडेरेसनले आयोजना गर्न लागेको महिला तथा पुरुष इन्डोर एसिया कप २०१९ मा भाग लिनका लागि नेपाली टोली शनिबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ।
प्रतियोगिता थाइल्यान्डको चोनबुरीमा जुलाइ १५ देखि २१ सम्म हुनेछ। खेलमा ११ वटा पुरुष टिम र ९ वटा महिला टिमको सहभागीता रहनेछ।
नेपालका तर्फबाट प्रतियोगितामा १२ महिला र १२ पुरुष खेलाडीले सहभागीता जनाउने छन् भने टोलीमा मनिष झाको नेतृत्व रहनेछ। टोलीमा महिला टोली प्रशिक्षक रन्जन थापा र पुरुष टोली प्रशिक्षक बाबुराम नेपाल पनि रहनेछन्।
प्रतियोगिताको अवधि ७ दिनमा ६० वटा खेल हुनेछन्।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले थाइल्यान्ड जाने खेलाडीहरूलाई बिदाइ तथा शुभकामना व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।