काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री र नेताहरुलाई भेटेका छन्।
श्रीलंका भ्रमणमा रहेका नेता नेपालले बिहीबार श्रीलंकाका प्रधानमन्त्री रनिलविक्रमा सिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजपाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजाकोलुर लगायतसँग भेट गरेका हुन्।
श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन उनी कोलम्बो पुगेका हुन्।
श्रीलंकाली नेताहरुसँगको भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा भएको थियो। त्यस्तै, बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरमा सम्बन्ध विस्तार गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।
भेटघाटमा श्रीलंकास्थित नेपाली राजदूत डा विश्वम्भर प्याकुरेलको पनि सहभागिता थियो।
असार २३ गते कोलम्बो गएका उनी २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।