काठमाडौं- अवतरणका क्रममा रन-वे (धावनमार्ग) बाट चिप्लिएर दुर्घटना भएको यती एयरको जहाजालई सुरक्षित तरिकाले निकाल्न मौसम चुनौती भएको छ।
जहाज दुर्घटनालगत्तै २ बजेसम्मका लागि बन्द गरिएको विमानस्थल समय (नोटाम) को समय ५ बजेसम्मका लागि सारिएको छ। उक्त समयसम्म पनि जहाज घाँसेमैदानबाट बाहिर ल्याउन चुनौती रहेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
नेपालगन्जबाट काठमाडौंका लागि उडेको यतीको नाइन एन एएमएम एटीआर जहाज रन-वेबाट चिप्लिएर घाँसेमैदान पुगेर धस्सिएको थियो। क्षेत्रीका अनुसार लगातारको वर्षाका कारण जहाज अझै धस्सिने क्रम बढेको छ।
जहाज दुर्घटनामा सवार ३ जना घाइते भएका थिए। जहाजमा ६८ जना यात्रु र ४ जना चालकदलका सदस्य थिए। त्यसमा दुई जना भने बच्चा थिए।
जहाजलाई आइपी पाइलट प्रमोद पौडेलले कमान्ड गरेका थिए। उक्त दुर्घटना बिहान ११:६ बजे भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।