काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका विद्यार्थी नेता तथा कार्यकर्ताहरुले भारतबाट आयात गर्ने तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको विरोध प्रदर्शन गरेका छन्। माइतीघर मण्डलमा विद्यार्थीहरुले झरीमा रुझ्दै विरोध कार्यक्रम गरेका हुन्।
सरकारविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रेका विद्यार्थीहरुले शुक्रबार पनि प्रदर्शन गरेका हुन्। विघटित नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विरोधमा उत्रिएका संघका नेताकार्यकर्ताले सरकार विरोधी नारा लगाएका थिए।
नाकामा भारत तथा तेस्रो मुलुकबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षणका लागि नेपालको तयारी नपुगको भन्दै सरकारले परीक्षण रोकेको थियो।
यद्यपि विषादी परीक्षणमा भारतीय पक्षको पत्रका कारण सरकार पछि हटेको खुलेको थियो।
सरकारले जनताको स्वास्थ्यसँग गम्भीर खेलवाड गरेकाले विरोध प्रदर्शन गरिरहेको संघका नेता बलदेव तिमिल्सिनाले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।