जिल्ला वन प्रमुख ४ लाख घुस रकमसहित पक्राउ

नेपाल लाइभ | २०७६ असार २७ शुक्रबार | Friday, July 12, 2019 १२:४६:०० मा प्रकाशित

काठमाडौं- जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा घुस रकमसहित पक्राउ परेका छन्।

लामालाई ४ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।