काठमाडौं- अविरल वर्षाका कारण घर भत्किँदा काभ्रे बनेपा नगरपालिका ३ नालामा २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो। उनीहरु हजुरआमा-नातिनी हुन्। घटनामा परिवारका अरु २ जना घाइते भएको काभ्रेका एसपी जयराम सापकोटाले बताए। घाइते हुनेमा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाको अनुष्का दंगाल रहेका छन्।
उनीहरूको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।