काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण सुनसरीको हरिनगरा गाउँपालिका–५ स्थित सुकसेना गाउँ डुबानमा परेको छ।
उक्त गाउँमा रहेका ६० घर डुबानमा परेको प्रहरीले जनाएको छ। बस्तीमा घुँडासम्मको पानी जमिसकेको छ। गाउँ नै डुबानमा परेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानका लागि हरिनगरा–४ मा रहेको श्री मावि स्कुल वसन्तपुरमा सार्न थालिएको प्रहरीले जनाएको छ।
उक्त स्थानमा अहिले सइको कमाण्डमा १० जना प्रहरी खटिइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। डुबानमा परेको ठाउँ सुरक्षा बेसक्याम्प वसन्तपुरबाट १ किलोमिटर उत्तरमा पर्छ। अहिले पनि सो ठाउँमा पानी परिरहेको छ।
कहाँ के भइरहेको छ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।