सिन्धुली– उदयपुर र सिन्धुलीको सीमामा पर्ने तावा र ककरु खोलाको बाँध फुटेको छ। बिहीबार दिउँसोदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण बाँध फुटेको हो।
सिन्धुलीको दुधौली नगरपालिका र उदयपुरको कटारी नगरपालिका भएर बग्ने तावा र ककरु खोलाको बाँध फुटेसँगै बस्ती र खेत जोखिममा परेको स्थानीयले बताएका छन्।
हरेक वर्ष वर्षासँगै आउने बाढीका कारण सो क्षेत्र ठूलो मात्रामा खेतीयोग्ज जमिनको कटान हुने गरेको छ। ४/५ वर्षअघिदेखि स्थानीय र केन्द्र सरकारको सहयोग लगाउन सुरु गरिएको बाँध शुक्रबार फुटेपछि किसान चिन्तित बनेका छन्।
भूकम्पले घर भत्किएपछि सिन्धुलीको डम्बरखाडी गाउँका धेरैजसोले समथर ठाउँ भन्दै खेतमै घर बनाउन थालेका थिए। योसँगै खेतमा बनेका घर र खेतहरु नै जोखिममा परेका छन्।
अघिल्ला वर्षहरुमा आएको बाढीका कारण यस क्षेत्रका सयौं बिघा खेतीयोग्य जमिन बालुवामा परिणत भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।