काठमाडौं– बाढी पूर्वानुमान शाखाले देशका विभिन्न नदीहरूको बहाब खतरामा रहेको जनाएको छ।
बाग्मती नदीको तराई क्षेत्रको बहाब रेड जोन (खतरा) मा रहेको संकेत देखिएको छ। बाग्मतीको पधेरादोभान बाढी मापन केन्द्रमा ८ बजे जलसतह खतरा तह पुगेको र बढ्दो रहेकाले रौतहट र सर्लाहीका तटीय क्षेत्रमा हुनेहरू बेलुकासम्म सुरक्षित स्थानमा रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको हो।
त्यस्तै कमला र कन्काई नदीको बहाब सतर्कता तह नजिक रहेको सो क्रम बढ्दो रहेको जनाएको छ ।
कोसी नदीको बहाब पनि बढ्ने क्रम रहेकाले सर्तकता अपनाउन आग्रह गरिएको छ। प्रदेश १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाब सतर्कता माथि र उच्च खतरा रहेको बताइएको छ। भोलिसम्म नै बहाब खतरा नजिक रहने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको छ।
थप वर्षा हुने देखिएको तथा बाढी पूर्वानुमान गर्ने कम्युटर मोडेलहरूले समेत जलप्रवाह उच्च हुने देखाएकोले नदीको तटिय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाऔ आग्रह गरिएकोछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।