केप टाउन– भारतसँगको पहिलो टेष्टमा दक्षिण अफ्रिका विजयी भएको छ। भारतलाई ७२ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले जित हात पारेको हो।
२ सय ८ रनको सामान्य लक्ष्य पछ्याएको भारत दोस्रो इनिङमा एक सय ३५ रनमै अलआउट भएपछि पराजित हुन पुग्यो। अन्तिम ओभरमा ३ विकेटसहित दक्षिण अफ्रिकाका बलर भेर्नन फिरान्दरले करिअरकै उत्कृष्ट ६ विकेट लिएका थिए।
दोस्रो इनिङमा दक्षिण अफ्रिकाको पनि ब्याटीङ धरासायी भएको थियो। तर, उत्कृष्ट बलिङ प्रदर्शनका अगाडि भारतको केही लागेन।
दोस्रो इनिङमा दक्षिण अफ्रिका एक सय ३० रनमै अल आउट भएको थियो। पहिलो इनिङमा उसले २ सय ८६ रन बनाएको भारत पहिलो इनिङमा २ सय ९ रन बनाएको थियो। खेल दक्षिण अफ्रिकाको केप टाउनमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।