काठमाडौं- बिना परीक्षण भारतबाट तरकारी भित्राउने निर्णय बिरुद्ध नेपाल विद्यार्थी संघले मसाल जुलुस पर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ। नेविसंघको मसाल जुलुसमा बाइपासबाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो।
पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सुवास घिमिरे, सुदीप अधिकारी,विजय ढुङ्गना, मनोज राना, सौरभ घिमिरे,सन्देश पन्त,सुशील ढकाल, प्रदिपजंग साह,अमृत लामिछाने,उत्सव अवस्थी,अनिल महर्जनलगायत छन्।
तस्बिरहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।