काठमाडौं- दयाहाङ राई र दिया पुन अभिनीत फिल्म ‘मिस्टर झोले’को युनिटले कभर भिडियो प्रतिस्पर्धाका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ।
फिल्म युनिटले 'ओखती' बोलको गीतमा कभर भिडियो प्रतिस्पर्धाका लागि आह्वान गरेअनुसार सहभागीमध्येका उत्कृष्ट तीन समूहलाई सोमबार पुरस्कृत गरेको हो।
प्रतिस्पर्धामा सहभागी २५ समूहमध्ये ‘क्रिस्टल क्लाउज क्रिउ’ पोखरा प्रथम घोषित भयो भने वान सटमा तयार पारिएको भिडियो ‘किशन एन्ड डान्स क्रिउ’ काठमाडौंले बनाएको भिडियो दोस्रो बन्यो। यस्तै, ‘द डाइनामिक क्रिउ’इटहरीको भिडियो तेस्रो भयो।
प्रथम हुने समूहले १ लाख ५५ हजार, दोस्रोले १ लाख २५ हजार र तेस्रोले १ लाख ५ हजार रुपैयाँ पाएँ। कार्यक्रममा अभिनेता राई, अभिनेत्री पुनका साथै अन्य फिल्मकर्मीहरुको उपस्थित थियो।
रामबाबु गुरुङको कथा र निर्देशन रहेको फिल्मलाई सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो। फिल्मका गीतहरुमा कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीले संगीत दिएका छन्।
फिल्म पुस २८ गते रिलिज हुनेछ।
प्रथम घोषित कभर भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।