पेरिस– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कप डे फ्रान्स फुटबल प्रतियोगितामा रेनसलाई ६–१ गोलले पराजित गरेको छ। पिएसजीको जितमा नेइमार, केलियन एमबाप्पे र एन्जेल डि मारियाले २–२ गोल गरे।
खेलको नवौं मिनेटमा एमबाप्पेले पिएसजीलाई अग्रता दिलाए। १७ मिनेटमा नेइमारले अग्रता दोब्बर बनाउँदा डि मारियाले पिएसजीका लागि तेस्रो गोल गरे। ४३ मिनेटमा नेइमारले व्यक्तिग दोस्रो गोल गर्दा पिएसजी पहिलो हाफमा ४–० गोलले अघि बढ्यो।
डि मारियाले ७४ र एमबाप्पेले ७६ मिनेटमा गोल गरेका थिए।
रेनसका लागि बउरिगडले ६६ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल सान्त्वनामै सीमित बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।