• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लाउडा र गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा

सर्‍यो सुनुवाइ
64x64
नेपाल लाइभ बिहीबार, असार २६, २०७६  १७:४१
1140x725

काठमाडौं- सर्वोच्च अदालतमा प्रत्येक दिन कार्यालय समय सुरु हुने बित्तिकै प्रधानन्यायाधीशले मुद्दाको पेशी तोक्ने गर्दछन्।

बिहान दश बजे इजलास बस्नुअघि नै कसले कुन मुद्दा हेर्ने उनैले तय गर्दछन्। सर्वोच्च अदालतमा विगतदेखि नै प्रधानन्यायाधीशले यसरी नै मुद्दा तोक्दै आएका छन्  

मुद्दाको पेशी तोक्नुअघि प्रधानन्यायाधीशले 'हेर्न नमिल्ने', 'हेर्दाहेर्दै' रहेका र 'अन्य विषय'का मुद्दा हेर्छन्। 'हेर्न नमिल्ने' मुद्दामा न्यायाधीशको नाम सोही मुद्दाको फाइलमा नै उल्लेख हुने गर्दछ। 

तरपनि बिहिबार सर्वोच्चमा लामो समयदेखि चलिरहेका हेर्न नमिल्ने दुई भ्रष्टाचारका मुद्दा न्यायाधीशको इजलासमा पेशी तोकिएको छ।

मुद्दाको पेशी तोक्नुअघि जानकारी नहुँदा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेशी परेको भन्दै उक्त मुद्दाको सुनुवाइ सरेको छ। 

१६ वर्षदेखि अदालतमा घुमिरहेको बहुचर्चित लाउडा विमान भ्रष्टाचार काण्ड र सात वर्षदेखि सर्वोच्च घुमिरहेको पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दा तोकिएका न्यायाधीशले हेर्न नमिल्दा सुनुवाइ सरेको हो।

२०५७ सालमा लाउडा एयरको विमान भाडा प्रकरणमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५८ सालमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तारिणीदत्त चटौतलगायत विरुद्ध दर्ता गराएको मुद्दा पनि हालसम्म किनारा लाग्न सकेको छैन।  

२०७४ बैशाख ७ गते २ न्यायाधीशको इजलासमा राय बाझिएपछि यो मुद्दा पूर्ण इजलासमा आएको थियो। न्यायाधीश ईश्वर खतिवडा र शारदाप्रसाद घिमिरेको इजलासले फरकफरक राय दिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर सर्वोच्चले बिहीबार उक्त मुद्दाको पेशी ईश्वर खतिवडासहितको पूर्ण इजलासमा तोकेको थियो। खतिवडाले यसअघि नै आफ्नो राय दिएकाले उनले उक्त मुद्दा हेर्न मिल्दैन। यसरी हेर्न नमिल्ने हुँदा उक्त मुद्दाको सुनुवाई साउन पहिलो साताका लागि पुगेको छ। उक्त मुद्दा न्यायाधीश खतिवडा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र शारदाप्रसाद घिमिरेको इजलासले हेर्न मिल्दैन।

लाउडा प्रकरण हालसम्म १० पटक पूर्ण इजलासमा पेशी तोकिएको छ। तर एकपटक पनि सुनुवाई हुन सकेको छैन। चारपटक पक्षका कानुन व्यवसायीले मुद्दा सारेका छन् भने ३ पटक हेर्न नभ्याइने र २ पटक हेर्न नमिल्ने इजलासमा पेशी परेर सुनुवाई सर्दै आएको छ। 

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमेत विवादमा तानिएको लाउडा विमान खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री तारणीदत्त चौटौतसहित १० जना विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। हालका प्रधानन्यायाधीश राणा विशेष अदालतमा हुँदा सबैले सफाई पाएका थिए। 

यसैगरी, कांग्रेस नेता जोशीको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको इजलासमा पेशी तोकिएको थियो। न्यायाधीश नियुक्त हुनुअघि कार्कीले जोशीका तर्फबाट कानुन व्यवसायीका रुपमा बहस गरेका थिए। कानुन व्यवसायी हुँदा हुनुपर्ने वकालत गरेका कारण कार्कीले उक्त मुद्दा हेर्न मिल्दैन। जोशीको मुद्दा कार्कीबाहेक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, पुरुषोत्तम भण्डारी र केदारप्रसाद चालिसेलेसमेत उक्त मुद्दा हेर्न मिल्दैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

७ वर्षदेखि लगातार सर्दै आएको जोशीको मुद्दा फेरि १५ दिनका लागि सुनुवाई सरेको छ। २०६९ फागुन ८ मा सर्वोच्चमा दर्ता भएको सो मुद्दा विभिन्न बाहनामा सुनुवाई सर्दै आएको छ। 

अन्तिम सुनुवाईका लागि २०७३ सालमै सर्वोच्च अदालत पुगेको थियो। तर पछिल्लो पटक सर्वोच्चले जोशीको फाइल मगाउन आदेश गर्दै प्राप्त नभएमा अख्तियारका कर्मचारीलाई कारबाही हुने चेतावनी दिएको थियो। उक्त आदेशपछि अख्तियारले सर्वोच्चलाई फाइल फेला पर्न नसकेको जवाफ पठाएको छ। 

जोशीको मुद्दा चलिरहँदा सर्वोच्चमा ५ प्रधानन्यायाधीश परिर्वतन भइसकेका छन्। उक्त मुद्दा ७ पटक पक्षका वकिलले सारेका छन् भने ३ पटक विपक्षका कानुन व्यवसायीले सारेका हुन्। 

जोशीको मुद्दा ११ पटक 'हेर्न नमिल्ने' भनिएको थियो भने ७ पटक 'हेर्न नभ्याइने' हुँदै पेशी सरेको थियो। अहिलेसम्म ६२ जना न्यायाधीशको इजलासमा जोशीको मुद्दा घुमिसकेको छ। ३१ संयुक्त इजलासमा जोशीको मुद्दा पेशी तोकिँदै सुनुवाई टर्दै आएको  छ। 

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
धनुषामा श्रीमान्‌श्रीमती मृत फेला आइतबार, कात्तिक ८, २०८३
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्