इंग्ल्यान्ड– जारी १२औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अष्ट्रेलिया र इंल्यान्डबीच खेल भइरहेको छ। टस जितेर ब्याटिङ गरिरहेको अष्ट्रेलियाको सुरुवात कमजोर देखिएको छ। कप्तान एरोन फिन्च दोस्रो ओभरको पहिले बलमै खाता खोल्न नसकेर आउट भए।
उनलाई जोफ्रा आर्चरले एलबीडब्ल्यू धरापमा पारेका हुन्। फिन्चपछि डेभिड वार्नर ९ रन बनाएर पेविलिएन फर्किए।
वोक्सको बलमा बरिस्टोले क्याच गरेका यसैगरी पिटर ह्यान्ड्सकम्ब ४ रन बनाएर वोक्सद्वारा नै बोल्ड भएका छन्।
अष्ट्रेलियाले उस्मान ख्वाजाको ठाउँमा ह्यान्डसकम्बलाई ल्याएको थियो।
अष्ट्रेलियाको यो ८ औं सेमिफाइनल हो र सेमिफाइनलमा अहिलेसम्म हारेको छैन। इंग्ल्यान्डको टिम छैटौंपटक अन्तिम ४ मा पुगेको हो। पछिल्ला ५ सेमिफाइनलमा ३ जितेको छ र दुई हारेको छ। इंग्ल्यान्ड सन् १९९२पछि फाइनलमा पुगेको छैन।
यता सेमिफाइनलको पहिलो खेलमा भारतलाई हराएर न्युजिल्यान्ड फाइनलमा पुगिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।