काठमाडौं- भारतको बैंगलोरमा भवन भास्सिँदा एकै परिवारका ३ नेपालीसहित ५ जनाको ज्यान गएको छ। बैंगलोरको पुलिकेसी नगरको हुचिन्स रोडस्थित कोक टाउनमा निर्माणाधीन र अर्को भवन भास्सिँदा सो दुर्घटना भएको हो।
मृत्यु हुनेहरुमा बझाङको थलारा गाउँपालिका-२ घर भएका २८ वर्षीय नारायण खड्का, उनकी श्रीमती २६ वर्षकी निर्मला र ४ वर्षीया छोरी अनुष्का रहेका छन्। खड्का उक्त भवनमा सेक्युरिटी गार्डका रुपमा कार्यरत थिए।
निर्माणाधीन भवनका कामदार आसामका ४० वर्षीय शम्भु र बिहारका ३९ वर्षका कागन सरकारको पनि सोही दुर्घटनामा मृत्यु भएको छ। घाइते ४ जना कामदारको उद्धार गरी बोरिङ अस्पतालमा भर्ना गरिएको छ।
खड्का परिवार उक्त भवनको भुँइतलाको साई अदी अम्बलमा बस्दै आएका थिए।
निर्माणाधीन भवनमा भने १३ कामदार कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।