काठमाडौं– महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट फरार भएका तीन थुनुवामध्ये २ जनालाई प्रहरीले आज पक्राउ गरेको छ।
अभियुक्त रुद्रलाल श्रेष्ठ र समशेर माझीलाई प्रहरीले बौद्धको जम्बुडाँडाबाट पक्राउ गरेको हो।
फरार रहेका रविकुमार तिमल्सिनाको भने खोजी कार्य भइरहेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए।
उनीहरू गएराति हिरासतको ग्रिल उप्काएर फरार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।