बार्सिलोना– ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्हो स्पेनिस महारथी क्लब बार्सिलोनामा आवद्ध भएका छन्। उनी इंग्लिस क्लब लिभरपुलबाट काउटिन्हो १६ करोड युरोमा बार्सिलोनामा आवद्ध हुने पक्का भएको हो।
योसँगै उनी विश्वकै तेस्रा महँगा फुटबलर बनेका छन्। यसअघि ब्राजिलियन फरवार्ड नेइमार बार्सिलोनाबाट फेञ्च क्लब पिएसजीमा २२ करोड २० लाख युरोमा आवद्ध हुँदै सार्विक महँगा खेलाडी बनेका थिए। पिएसजीले यहि सिजनमै केलियन एमबाप्पेलाई १८ करोड युरोमा भित्राउने सम्झौता गरेको थियो। अर्को फ्रेन्च क्लब मोनाकामा लोनमा आवद्ध भएका एमबाप्पे हाल लोनमा आवद्ध भएका हुन्। उनीसँग सम्झौता गर्दा १८ करोड युरो तिर्नु पर्नेछ।

विश्वकै तेस्रा महँगा खेलाडी बन्दै बार्सिलोनामा गएपछि काउटिन्होले आफ्नो सपना पूरा भएको बताएका छन्। उनले भनेका छन्,'मेरो सपना पूरा भएको छ। लिओनल मेसी, लुइस सुआरेज, आन्द्रेस इनिस्टा, सर्जियो बुस्केट र जेरार्ड पिकेसँग खेल्न उत्साहित छु।'
२५ वर्षीया काउटिन्हो काउटिन्होले पछिल्ला ७ खेलमा ६ गोल गरेका थिए। सन् २००८ देखि २०१३ सम्म इटालियन क्लब इन्टर मिलानबाट खेलेका काउन्टिन्हो सन् २०१३ मा लिभरपुल आएका थिए। लिभरपुलमा उनले १ सय ५२ खेल खेल्दै ४१ गोल गरे। ब्राजिलको राष्ट्रिय टिममा सन् २०१० मा डेब्यु गरेका उनले ३१ क्याप जित्दै ८ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।