बेइजिङ– चीनमा सन् २०१७ मा १ लाख ५९ हजार १ सय जनालाई भ्रष्टाचार विरुद्ध कारबाही भएको छ।
उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ।
उनीहरू १ लाख २२ हजार १ सय वटा घटनामा संलग्न भएको र तीमध्ये ४८ हजार ७ सय घटना गरिबी निवारणसम्बन्धी भएको बताइएको छ।
हालै प्रकाशित एक सर्वेक्षणले ९३ दशमलब ९ प्रतिशत जनता पार्टीको भ्रष्टाचार विरोधी कामबाट सन्तुष्ट भएको देखाएको छ। सिह्न्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।