काठमाडौं- इंग्ल्यान्डमा जारी १२औं विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनल खेलमा भारतलाई सुरुमै झड्का लागेको छ। २ सय ४० रनको लक्ष्यसहित ब्याटिङका लागि मैदान उत्रेको भारतले सुरुवाती राम्रो गर्न सेकेको छैन।
भारतले १३ ओभर सक्दा ४ विकेट गुमाएको छ। कप्तान विराट कोहली र विश्वकपमा सबैभन्दा बढी रन र ५ शतक हान्ने रोहित शर्मा आउट भएका छन्। केएल राहुल पनि १ रनमै आउट भए। यसैगरी
दिनेश कात्तिक पनि ६ रन बनाउँदै आउट भएका छन्। योसँगै भारत दबाबमा परेको छ। भारतको ३ विकेट हेनरी म्याटले र एक विकेट ट्रेन्ट बोल्टले लिएका हुन्।
मंगलबार भएको पहिलो सेमिफाइनल वर्षाका कारण रोकिएको थियो।
टस जित्दै पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको छ।
न्युजिल्यान्डका लागि रोस टेलरले ७४ रन, क्याप्टेन केन विलियम्सनले ६७ रनको योगदान गरेका थिए। भारतको बलिङतर्फ भने भारतका भुवनेश्वर कुमारले १० ओभर बलिङ गर्दै ३ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।