लन्डन– आर्सलन इंग्लिस एफए कप फुटबल प्रतियोगिताको तेस्रो चरणबाटै बाहिरिएको छ।आर्सनललाई दोस्रो डिभिजनको क्लब नटिङघम फरेस्टले ४–२ गोलले पराजित गरेको हो।
नटिङघमका लागि इरिक लिचाजले खेलको २० र ४४ मिनेटमा गोल गरे। ब्रेरेटनले ६४ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दा डोवेलले ८५ मिनेटमा पेनाल्टीमै चौथो गोल गरेका थिए। नटिङघमका वोरल ८४ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए।
आर्सनलका लागि मेर्टसकरले २३ र ड्यानी वेलबेकले ७९ मिनेटमा गोल गरेका थिए।
अर्को खेलमा टोटनह्यामले विम्बल्डनलाई ३–० गोलले हराउँदै चौथो चरणमा स्थान बनाएको छ। टोटनह्यामका लागि ह्यारी केनले ६३ र ६५ तथा भेर्टोनघेनले ७१ मिनेटमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।