काठमाडौं– इंग्ल्यान्डमा जारी १२औं विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनल खेलमा भारतले जितका लागि २ सय ४० रनको चुनौती पाएको छ।
मंगलबार भएको पहिलो सेमिफाइनल वर्षातका कारण रोकिएको थियो। आज खेल सुचारु भएको छ। टस जित्दै पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले पूरै ओभर गेम खेल्दै ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको छ।
न्युजिल्याण्डका लागि रुस टेलरले ७४ रन, क्याप्टेन विलसनले ६७ रनको योगदान गरेका थिए। भारतको बलिङतर्फ भने भारतका भुवनेश्वर कुमारले १० ओभर बलिङ गर्दै ३ विकेट लिएका छन्।
भारत जवाफी ब्याटिङमा उत्रिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।