नयाँ दिल्ली - भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आइतबार ६।० रेक्टर स्केलको भूकम्प गएको आइतबार अधिकारीहरूले जानकारी दिएका छन्।
भारतीय मौसम विज्ञानसम्बन्धी अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार आइतबार मध्याह्न १२ः१७ बजे सो भूकम्प गएको थियो।
भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै ३५ किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । सो भूकम्पको कम्पन प्रान्तीय राजधानी इम्फालसम्म पनि महसूस गरिएको बताइएको छ।
यद्यपि यस भूकम्पबाट हालसम्म मानवीय र सम्पत्तिको क्षतिको भने विवरण प्राप्त नभएको जनाइएको छ।
सन् २०१६ मणिपुर र आसपासको इलाकामा गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी कम्ती आठ व्यक्तिको मृत्यु हुनुका साथै अन्य एक सयभन्दा बढी घर ध्वस्त भएको थियो । रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।