• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २०, २०८२ Wed, Mar 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

म्यानचेस्टरमा मौसमको मार : दुई दिवसीय खेल बनेको भारत-न्युजिल्यान्ड सेमिफाइनलमा कसको पल्ला भारी?

64x64
नेपाल लाइभ बुधबार, असार २५, २०७६  ११:२५
1140x725

काठमाडौं- इंग्ल्यान्डमा जारी १२औं विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनल खेलको बाँकी खेल आज (बुधबार) हुँदैछ।

भारत र न्युजिल्यान्डबीच मंगलबार सुरु भएको खेल वर्षाका कारण प्रभावित भएपछि बाँकी खेल आज हुन लागेको हो।

न्युजिल्यान्डले ४६ दशमलब १ ओभरमा ५ विकेटको क्षतिमा २ सय ११ रन बनाएर खेलिरहेको अवस्थामा वर्षा भएपछि बाँकी खेल हुन सकेको थिएन। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसीले) सेमिफाइनल तथा फाइनल खेलका लागि ‘रिजर्भ डे’को व्यवस्था गरेकाले मंगलबारको बाँकी खेल आज हुने भएको हो।

वर्षाको चपेटाका कति खेल?


यसअघि समूह चरणका खेलमा भने ‘रिजर्भ डे’को व्यवस्था गरिएको थिएन। जारी विश्वकपमा ३ वटा खेलमा एक बल पनि बलिङ नभई अंक बाँडिएको थियो। पाकिस्तान र श्रीलंका, बंगलादेश र श्रीलंका तथा भारत र न्युजिल्यान्डबीचका खेलहरु वर्षाका कारण पूर्णरुपमा प्रभावित भएका थिए।

यस्तै, दक्षिण अफ्रिका र वेस्टइन्डिजबीचको खेलमा पनि पहिलो इनिङको ७.३ ओभर मात्रै खेल हुन सकेको थियो। यी दुई टोलीले पनि १/१ अंक बाँडेका थिए। अफगानिस्तान र दक्षिण अफ्रिका, भारत र पाकिस्तान तथा श्रीलंका र अफगानिस्तानबीचको खेलका क्रममा पनि वर्षा भएपछि निर्णय डक वर्थ लेविस नियमबाट लिइएको थियो।

जारी विश्वकपमा इतिहासमै सबैभन्दा बढी खेलहरु वर्षाका कारण प्रभावित भएका थिए। धेरै खेलहरु प्रभावित बनेपछि समूह चरणका खेलमा पनि रिजर्भ डे नराखेको भन्दै आइसिसीको आलोचना भएको थियो।

आइसिसीले भने प्रतियोगिता अवधि लामो हुने तथा आर्थिक व्ययभार बढी हुने भन्दै सेमिफाइनल तथा फाइनल खेलमा मात्रै रिजर्भ डे राखेको स्पष्ट पारेको छ।

Ncell 2
Ncell 2

जारी प्रतियोगिता मे ३० देखि जुलाई १४ सम्मका लागि तय भएको छ।

वर्षा भइरहे निर्णय कसरी?
म्यानचेस्टरमा भारत र न्युजिल्यान्डबीचको बाँकी खेल मंगलबार रोकिएकै अवस्थाबाट आज स्थानीय समयअनुसार बिहान १०:३० मा सुरु हुनेछ। मंगलबारको खेल रोकिँदासम्म न्युजिल्यान्डका रोस टेलर ६७ र टम लाथम ३ रनको व्यक्तिगत अवस्थामा अविजित छन्। अब न्युजिल्यान्डले २३ बल खेल्न बाँकी छ।

टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ तथा हेनरी निकोलसले २८ रन बनाए। सुस्त गतिमा रन बनाएको न्युजिल्यान्डलाई भारतका बलरहरुले दबाबमा राखेका थिए।

भारतका लागि बलिङ गरेका सबै ५ बलरले समान १/१ विकेट लिएका थिए। युजवेन्द्र चाहल केही महँगो सावित भए पनि अन्य बलरहरुले भने किफायती बलिङ गरेका थिए।

आजको खेलमा मौसमले साथ दिएमा न्युजिल्यान्डले बाँकी २३ बल खेलिसकेपछि भारत जवाफी लक्ष पछ्याउँदै मैदानमा उत्रिनेछ। यदि खेलका क्रममा वर्षा भइरहेमा ओभर छोट्याइनेछ। यदि सोही अवस्थामा पनि वर्षा भइरहेमा बाँकी निर्णय डक वर्थ लेविस नियमका आधारमा लिइनेछ। यसका लागि निर्णय दिन भारतले कम्तिमा २० ओभरको खेल खेलेको हुनुपर्नेछ।

यस्तो स्थिति पनि नबनेमा भारत स्वतः फाइनलमा प्रवेश गर्नेछ। भारत समूह चरणको शीर्ष स्थानमा रहेकोले उ स्वतः शीर्ष २ मा छानिनेछ। आइसिसीको नियमानुसार सेमिफाइनल तथा फाइनल खेलको नतिजा रिजर्भ डेमा पनि निस्कन नसकेमा समूह चरणमा प्राप्त गरेको स्थानका आधारमा टुंगो लाग्नेछ।

मौसमी अवस्था भारतको पक्षमा

पहिलो पटक विश्वकप जित्ने लक्ष लिएको न्युजिल्यान्ड सूमह चरणको खेलमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको हो। वर्षाका कारण आज पनि खेल हुन नसकेमा न्युजिल्यान्डका लागि त्यो दुर्भाग्य सावित हुनेछ।

म्यानचेस्टरको आजको मौसम मंगलबारको भन्दा पनि खराब रहेको मौसमी रिपोर्टमा बताइएको छ। त्यहाँस्थित मौसम पूर्वानुमान शाखाले आज म्यान्चेस्टरमा मंगलबारभन्दा बढी पानी पर्ने अनुमान गरेको छ।

अहिले पनि सो क्षेत्रमा बादल लागिरहेको र वर्षा भइरहेको शाखाले जनाएको छ। यही अवस्था रहेमा आज पनि बाँकी खेल हुन नसक्ने बताइएको छ।

कोभन्दा को कम?

यस बाहेक पनि जारी विश्वकपमा भारतका खेलाडी लयमा रहेको र सबै 'लाइन अप'मा भारत चुस्त देखिएकोले उसलाई नै प्रतियोगिताको दाबेदारसमेत मानिएको छ। भारतका शीखर धवन र केदार जाधव घाइते हुँदै विश्वकपबाट बाहिरिए पनि कतिपय खेल विश्लेषक तथा पूर्व खेलाडीहरुले भारतले ब्याटिङ, बलिङ तथा फिल्डिङ तीनै क्षेत्रमा सटिक प्रदर्शन गरिरहेको भन्दै उसको पक्षमा मत दिएका हुन्।

भारतका रोहित शर्मा तथा विराट कोहली ब्याटिङमा चुस्त देखिएका छन्। रोहित जारी विश्वकपका सबैभन्दा बढी रन बनाउने खाेलाडी समेत हुन्। उनले ५ शतक बनाउँदै एकै विश्वकपमा सबैभन्दा बढी शतक बनाउने रेकर्ड समेत राखेका छन्। उनी एकै विश्वकपमा सबैभन्दा बढी रन बनाउने भारतकै पूर्व क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड (६ सय ७३ रन) तोड्न मात्र २६ रन टाढा छन्।

यसबाहेक जसप्रित बुमराह, मोहम्मद सामी तथा भुवनेश्वर कुमारकफ बलिङ पनि लयमा छ।

उता न्युजिल्यान्डका केन विलियम्सन तथा रोस टेलरको प्रदर्शन जारी विश्वकपमा उत्कृष्ट रहेको यस खेलमा समेत न्युजिल्यान्ड यीनै दुई ब्याट्सम्यानमाको भरमा मैदान उत्रिने आँकलन गरिएको थियो। सोही आँकलन अनुसार दुवै ब्याट्सम्यान अर्धशतक प्रहार गरेका छन्।

जारी विश्वकपमा ह्याट्रिक गरेका ट्रेन्ट बोल्ट र लुक फर्गुसन (१७ विकेट) न्युजिल्यान्डको बलिङको धार मानिएका छन्। उनीहरुले यस खेलमा आफ्नो लयलाई निरन्तरता दिने अनुमान गरिएको छ। मौसमका कारण पनि आजको खेल हुन सकेमा ब्याट्सम्यानभन्दा बलरलाई खेलमा हाबी हुन सघाउ पुग्नेछ।

(यसअघि यस समाचारको शीर्षकमा भूलवश न्युजिल्यान्डको सट्टा पाकिस्तान हुन गएकोमा सच्याइएको छ- सम्पादक।)

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो
प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक
गृह मन्त्रालयले भन्यो–७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक बुधबार, फागुन २०, २०८२
गृह मन्त्रालयले भन्यो–७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा बुधबार, फागुन २०, २०८२
एकैदिन तोलामा ११ हजार घट्यो सुन बुधबार, फागुन २०, २०८२
निर्वाचन आयोगको विशेष पत्रकार सम्मेलन २ बजे बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार बुधबार, फागुन २०, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध मंगलबार, फागुन १९, २०८२
रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्